प्रदेश २ मा कोरोनाको कारण थप २ जनाको मृत्यु

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ को मृत्यु सहित १ सय ६४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
२६ जना महिला सहित १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार सर्लाहीमा ५०, धनुषामा ३८, रौतहटमा २६, महोत्तरीमा १७, बारामा १७, सिरहामा १५ र पर्सामा १ जना व्यक्ति संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस प्रदेशमा संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको जनाइएको छ ।
संक्रमितमध्ये ७ हजार ८ सय ५९ पुरुष र १ हजार ३ सय २२ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जनाएका छन् ।
९ भदौ २०७७, मंगलवार २३:१० बजे प्रकाशित