सेनिटाइजर सक्कली हो कि नक्कली ? यसरी थाहा पाउहोस् …
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सेनिटाइजरको प्रयोग बढ्दो छ । अस्पताल वा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग हुने सेनिटाइजर आजभोलि सबैका गोजीमा देखिन थालेको छ ।
तर, तपाईंले प्रयोग गर्ने गरेको सेनिटाइजर कत्तिको सक्कली हो भनेर थाहा पाउने आधार भने तपाईंले थाहा पाउनु भएको छैन होला ।
स्वास्थ्यकर्मीले कोरोना भाइरसबाट जोगिनका लागि ७० प्रतिशतदेखि ८० प्रतिशत हल्कोहलको मात्रा रहेको सेनिटाइजर प्रयोग गर्न सुझाइरहेका बेला सक्कली सेनिटाइजर छुट्याउन यी कुराहरुमा ध्यान दिन जरुरी छ ।
हामी सक्कली सेनिटाइजर कसरी थाहा पाउने भन्ने बारेमा चर्चा गर्न गइरहेका छौं ।
तपाईंले घरमा खाने गरेको गहुँको पिठोको प्रयोग गरेर सेनिटाइजरको असलीपन छुट्याउन सकिन्छ ।
कचौरामा एक चम्चा आँटा हालेर त्यसमा सेनिटाइजर हाल्नुहोस् र मुछ्ने कोसिस गर्नुहोस् । यदि आँटा मुछियो भने त्यो सेनिटाइजर नक्कली हो । किनकी सक्कली सेनिटाइजरमा आटा मुछ्न मिल्दैन । नक्कली सेनिटाइजरमा भने आँटा मुछिन्छ ।
त्यस्तै तपाई हामीले शौचालयमा प्रयोग गर्ने टिस्यू पेपरले पनि सेनिटाइजर सक्कली र नक्कली छुट्याउन सकिन्छ । एक टिस्यू पेपर लिएर त्यसमा कलमले सानो टुक्रा बनाउने र त्यसमाथि एक थोपा सेनिटाइजर हाल्नुहोस् ।
उक्त टुक्रा फैलियो भने त्यो सेनिटाइजर नक्कली हो । यदि उक्त टिस्यू पेपरको टुक्रा जस्ताको तस्तै रह्यो भने केही मिनेटमा सेनिटाइजर आफैं सुक्छ । हो, यो भने सक्कली सेनिटाइजर हो ।
अझै सजिलो तरिका यो हो कि एउटा कचौरामा थोरै सेनिटाइजर निकालेर राख्नुहोस्, त्यसपछि हेयर ड्रायरले त्यसमा हावा दिनुस् ।
यदि सेनिटाइजर ५–७ मिनेटमा सुक्यो भने त्यो असली सेनिटाइजर हो । सुकेन भने वा अरु समय लाग्यो भने त्यो नक्कली हो ।
६ भदौ २०७७, शनिवार १३:०० बजे प्रकाशित





