१८ घण्टा नबित्दै काठमाडौं उपत्यकामा ३ सहित थप ६ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार दिउँसो ९साढे ४ बजेतिर स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै थप ६ संक्रमितको मृत्यु भएको हो।

जसमध्ये आज बिहान मात्रै चार जनाको मृत्यु भएको हो। तीमध्ये पाटन अस्पतालमा दुई जना र रुपन्देही र चितवनमा दुई जना छन्।

यस्तै काठमाडौं उपत्यकाकै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको बिहीबार साँझ मृत्यु भएको छ।

यसैगरी विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन्।

५ भदौ २०७७, शुक्रवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु