कोरोना प्रकोपबीच ‘खोप राष्ट्रियता’ बन्द गरौं : डब्लूएचओ

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच विश्वभर ‘खोप राष्ट्रियता’ सुरुवात भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

खोप राष्ट्रियताका कारण विभिन्न देशले आफ्नो बारेमा मात्र सोचेको डब्लूएचओको आरोप छ।

मंगलबार डब्लूएचओले खोप राष्ट्रियता रोकिनुपर्ने धारणा राखेको छ। हाल विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउने होडबाजी चलेको छ।

कसले पहिले कोरोनाविरुद्धको खोप बनाउने भनेर लागि पर्दा भाइरसलाई जित्न एकताको कमी भएको डब्लूएचओको भनाइ छ।

डब्लूएचओले भनेको छ,‘विश्वका सबै सुरक्षित नभइन्जेल कोरोनाबाट कोही सुरक्षित छैन।’

हाल कोरोनाविरुद्धको खोप बनाउने कार्य विश्वभर जारी छ। पछिल्लो सयम रुस, अमेरिका, चीन तथा बेलायतले कोरोनाको खोप बनाउनमा फड्को मारेका छन्।

रुसले कोरोनाविरुद्धको खोपलाई देशमा प्रयोग गर्न अनुमति दिइसकेको छ भने अन्य देशले खोपको अन्तिम परीक्षण बाँकी रहेको बताएका छन्।

 

२ भदौ २०७७, मंगलवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु