मरेको कुखुराको मासु बेच्नेलाई ३ लाख जरिवाना

मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६९२० बमोजिम गुणस्तरहीन बस्तु९मरेको कुखुराको मासु० बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८९ङ० बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेबापत दफा ३९९१०ख बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

काठमाडौं नगरपालिका ३१ मा संचालित उक्त फर्मलाई विभागको दैनिक बजार अनुगमनका क्रममा अनुचित व्यवसाय गरेका आधारमा अन द स्पोर्ट कारबाही भएको हो । कारबाहीमा परेको उक्त फर्ममा संचालक बाबुराम अधिकारी रहेका छन् ।

२ भदौ २०७७, मंगलवार १९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु