‘द कपिल शर्मा शो’ जुलाई २१ तरिखबाट प्रसारणमा

भारतको चर्चित कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ लामो समयदेखि बन्द छ । शोको पुनः प्रसारण चाँडै नै हुने भएको छ ।
आगामी जुलाई २१ तरिखबाट ‘द कपिल शर्मा शो’ प्रसारणमा आउने भारतीय मिडियाहरूले जनाएका छन् ।
जुलाईबाट प्रसारण हुने ‘द कपिल शर्मा शो’ मा कपिल नयाँ अवतारमा प्रस्तुत हुने बताइएको छ । कपिलले शोको पुरानै टिमसँग मिलेर मे १५ बाट छायांकनको काम सुरु गरिसकेका छन् ।
दोस्रो सन्तानको पिता बनेपछि कपिलले परिवारलाई समय दिन भन्दै शो बन्द गरेका थिए । उनले त्यति बेलै ‘द कपिल शर्मा शो’ केही महिनाका लागि मात्रै बन्द भएको उल्लेख गरेका थिए ।
कोरोना कहरका कारण शो का दर्शक घटेकाले पनि शो बन्दको निर्णय लिएको कपिलले जानकारी दिएका थिए ।
१३ जेठ २०७८, बिहीवार १३:४७ बजे प्रकाशित