रोकिने भयो ‘कमेडी च्याम्पियन–२’
काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि च्याम्पियन टिमले अनिश्चितकालका लागि शो स्थगित गरेको हो ।
निर्देशक विशाल भण्डारीले आफूहरूले जोखिम मोल्न नचाहेको बताए । केही समय अगाडि कमेडी च्याम्पियनकी एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएको थियो । जसको कारण पनि एक साता शो बन्द भएको थियो ।
पहिलो सिजनबाट नै चर्चामा आएको ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट फिजिकल राउण्डदेखि, भोटिङ हुँदै सिजन–२ ले उत्कृष्ट ९ प्रतियोगी पाइसकेको छ ।
२१ वैशाख २०७८, मंगलवार १६:५६ बजे प्रकाशित





