भारतमा पुनः पब्जी गेम सार्वजनिक हुने
छिमेकी देश भारतमा गत नोभेम्बरदेखि लोकप्रिय मोबाइल गेम पब्जी प्रतिबन्धित छ ।
यसपछि पटकपटक यो गेम पुनः सार्वजनिक हुने हल्ला भारतीय मिडियामा आइरहेको छ । तर सार्वजनिक हुने यकिन मिति भने अहिलेसम्म तय भएको छैन ।
हालै पब्जी मोबाइल इण्डियाको आधिकारिक युट्युव च्यानलमा यो गेमबारे छोटो टिजर लिक भयो । यो टिजरमा पब्जी गेम चाँडै आउन लागेको जानकारी दिइएको छ । तर रिलिज डेटबारे केही उल्लेख गरिएको छैन ।
तर अपलोड गरेको केही समयमै यो भिडिओ हटाइएको छ । किन भिडिओ हटाइयो भन्नेबारे जानकारी नदिए पनि यो गेम चाँडै नै भारतमा आउने तय भइसकेको बताइएको छ ।
गत मार्चमा भारतले यो गेम पुनः लञ्च गर्न अनुमति दिएकाले डेभलपरहरू पब्जी मोबाइल इण्डियाको विकासमा जुटिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतमा पब्जी गेम यसको ओरिजिनल गेमभन्दा कम हिंसात्मक प्रकृतिको हुनेछ ।
१८ वैशाख २०७८, शनिवार १३:४३ बजे प्रकाशित













