नेपालकै पहिलो पृथ्वी खनालको सार्वजनिक भयो ‘शिव ताण्डव स्तोत्रम्’
हिन्दुहरुको बिशेष पर्व महाशिवरात्रीलाई मध्यनजर गर्दै गायक पृथ्वी खनालले ‘शिव ताण्डव स्तोत्रम्’ सार्वजनिक गरेका छन् ।
सांगीतिक फ्रेन्चाइज रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन –२’ मा सहभागी भएसँगै पृथ्वी नेपाली संगितको बजारमा उदाएका हुन् ।
सशस्त्र प्रहरी निरीक्षकसमेत रहेका खनालले शिव ताण्डव स्तोत्रम् आफ्नै आवाजमा रेकर्ड गराएर त्यसको भिडियो पनि बनाएका छन् ।
भारतमा शिव ताण्डव स्तोत्रम्का निकै भर्सन बनेका छन् ।
नेपालमा भने यो नै पहिलो हो। पृथ्वीले भने, म आध्यात्मिक छु, त्यसैले किन हाम्रा कला संस्कृतिलाई आफैले जर्गेना नगर्ने भनेर निकालेको हुँ ।
उनका अनुसार शिव ताण्डवको स्तोत्रम्लाई शुद्ध उच्चारण गर्न, यसबारे अनुशन्धान गर्न र नेपाली बाजागाजामा ढाल्न मात्रै करिब ५ वर्ष लाग्यो ।
निकै मिहेनत गरेर स्तोत्रम् रेकर्ड गराइसकेपछि भिडियोमा पनि केहि गरौं जस्तो लागेर झनै ढिला भएको उनको भनाई छ।
भिडियोलाई पशुपतिनाथ क्षेत्रका खिचिएको छ। शिव ताण्डव स्तोत्रम्को संगित संयोजन देवेश राइले गरेका छन्।
भिडियो निकै आकर्षक बनेको छ। कलरिङको पाटोमा केहि ठाउँ चिप्लिए पनि इमोसन भने भरपुर देख्न सकिन्छ।
भिडियोमा पृथ्वीसँगै स्वजन रघुवंशीलाई मुख्य भुमिकामा देख्न सकिन्छ।
ताण्डव मच्चाउने काम उनै रघुवंशीले गरेका छन् भने पृथ्वीले पुजारीको भूमिका निभाएका छन्।
भिडियोको निर्माता ग्रीष्मा भट्ट छिन् भने खिच्ने काम पिटर गुरुङले गरेका छन्।
भिडियोको कथा, कन्सेप्ट र निर्देशन सबै पृथ्वीकै छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
१७ फागुन २०७७, सोमवार १३:५३ बजे प्रकाशित





