‘नरिसाउन होइ’ (भिडियो)

सुरज गैह्रे विवशको शब्द रहेको गीतमा सञ्चारकर्मी इश्वरी बराल र राजेन्द्र भट्ट आरजेको स्वर रहेको छ । गीतमा भट्टकै सङ्गीत छ ।

उक्त गीतमा प्रेमीप्रेमिकाबीच उत्पन्न हुने शङ्काका विषयमा चर्चा गरिएको छ । गीतको म्युजिक भिडियोमा नायक तथा मोडेल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।

म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । यसको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायत गीत चर्चामा छन् ।

२७ असोज २०७७, मंगलवार ०७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु