नायिका करिना कपुरको पूरा नहुने एउटा इच्छा

बलिउडकि चर्चित नायिका हुन् करिना कपूर । उनी यतिबेला आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङमा व्यस्त छिन् ।
यतिबेला दिल्लीमा छोरा तैमुर र पति सैफसँग छिन् करिना । उनी गर्भवती भएको भएता पनि आफ्नो छायांकनको कामलाई भने निरन्तरता दिएकी छिन् ।
हालैको एक अन्तरवार्तामा करिनाले छोरा तैमुरलाई हजुर बुवा मंसुर अली खान पटौदी र स्व जिजुबाजे राज कपुरलाई भेटाउने इच्छाबारे कुरा गरेकी छिन् ।
उनले बाबुलाई हजुरबुबासँग भेटाउन पाए निकै खुशी हुने बताएकी छिन् । तर त्यो इच्छा पुरा हुने देखिदैन ।
दिल्लीमा रहेकी करिना त्यहाँ आफ्नो फिल्मको सुटिङ गर्नेछिन् तबसम्म सैफ र तैमुर पनि दिल्लीमा नै बस्ने बताइएको छ ।
१९ असोज २०७७, सोमवार ०७:४७ बजे प्रकाशित