हेमन्त खड्काको “स्वीकार” (भिडियो सहित)
कामाण्डौँ । गीत संगीतको क्षेत्रमा आम्दानीको खडेरी लागे पनि गीत धमाधम बजारमा आउने क्रम भने रोकिएको छैन । यसै शिलशिलामा बागलुङ सिगानाका सर्जक हेमन्त खड्काले आफ्नो गीती एल्वम “स्वीकार” स्रोता तथा दर्शक माझ ल्याएक छन । रोजगारीको शिलशिलमा विदेशमा रहेका खड्काले गीत संगितको अहिलेको संकटकालीन अबस्था पार लगाउनको लागी पुराना सर्जक र विदेशमा रहेका संगित प्रेमीहरुले साथ दिनु पर्ने भएकै कारणले पनि आफ्नो सिर्जना स्रोता र दर्शको लागी पस्केको बताए । “आम्दानी शुन्य छ तर पनि ठुलो लगानी हामीले गरीरहेका छौ यसका एक मात्र कारण छ यो क्षेत्रको निरन्तरता” खड्काले बताए। केहि समय अघि बागलुङमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरीएको सो एल्वम स्वीकारमा लोक दोहोरी र आधुनीक विधा गरी दईओटा गीत समावेश गरीएको छ । आज सम्म मैले लोकदोहोरी गीत मात्र लेखेको र गायको छु तर अहिले स्रोताको लागी मैले सुगम संगीतको पनि सिर्जना पस्केको छु आशा छ सबैले मन पराउनुहुने छ र पराइरहनु भएको पनि छ उनले सुनाए ।
खड्काको सुमधुर शव्द सिर्जना रहेको सो “स्वीकार” एल्वम भित्र रहेको पाउनु मात्र को गीतमा संगीत विवि अनुरागीले दिएका छन भने स्वर विश्व नेपालीको रहेको छ । सो गीतमा अभिनय अमर थापा र नम्रता सापकोटाले गरेका छन । सो गीतको निर्देशन उज्वल के.सीले गरेका हुन । – सुवास पन्तबाट
https://www.youtube.com/watch?v=h-lJ69vG5FU
लोकदोहोरी गीत सम्झेरै रुन्छुमायालु
https://www.youtube.com/watch?v=t5zLb61-hq4
१० पुस २०७२, शुक्रवार ०४:२७ बजे प्रकाशित