कुलमानलाई दोहोर्याउने प्रस्ताव तयार, मन्त्रिपरिषदमा पेश गरिँदै

तर, ओली अनिच्छुक !

भदौ २९ गतेदेखि कार्यकाल सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अन्तिम तयारी गरेका छन् ।

उनले घिसिङलाई उक्त पदमा निरन्तरता दिनेगरि प्रस्ताव तयार पारिसकेका छन् ।

घिसिङको पक्षमा जनमाहोल देखेपछि उनलाई निरन्तरता दिने पक्षमा सिँचाईमन्त्री वर्षमान पुन पुगेका हुन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि घिसिङलाई निरन्तरता दिनेबारे सकारात्मक देखिएका छैनन् । तर, मन्त्री पुनले घिसिङलाई निरन्तरता दिने जानकारी प्रधानमन्त्री ओलीलाई गराईसकेका छन् ।

मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि घिसिङलाई निरन्तरता दिनेबारे छलफल गरेका थिए ।

दाहाल त सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । माहोल पनि घिसिङकै पक्षमा देखिएकोले उनलाई निरन्तरता दिन विज्ञहरुले पनि आवाज उठाईरहेका छन् ।

घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली भने उनीसँग असन्तुष्ट छन् ।

१५ भदौ २०७७, सोमवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु