भारतको भन्दा पहिले चीनसँग जोडिने रेल बनाउनुपर्छ : लीलामणि पौडेल

रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो ।

हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना ९लाइट० उद्योगलाई मात्रै काम गर्ला, ठूला ९हेभी० कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले ।

हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जालमा जोडिन्छौं । त्यसबाट आउने लाभ अथाह हुन्छ र त्यसले ‘गेम चेन्ज’ गर्न सक्छ ।

हामी अहिले ट्रान्जिटमा पूर्णरुपमा भारतमा निर्भर छौं । त्यो निर्भरतालाई कम गर्न सन् २०१५ मा चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो । २०१९मा त्यसको प्रोटोकल फाइनल गर्‍यौं । त्यो प्रोटोकलमा हस्ताक्षर गरे पनि हामीले साँच्चिकै ट्रान्जिटलाई आर्थिक रुपमा सम्भाब्य हुने गरी प्रयोग गर्ने हो ‘सिमलेस मुभमेन्ट अफ कार्गो’ आवश्यक पर्छ, त्यो पनि रेल्वेबाटै । रेल नभई हामी चीनको ट्रान्जिट प्रयोग गर्न सक्दैनौं ।

हामी अहिले चीनबाट ट्रान्जिट पायौं भनेर कराइरहेका छौं । तर, यदि रेलले जोड्न सकेनौं भने त्यसको कुनै अर्थ छैन । यही कारण हाम्रो उत्तरसँगको रेलको कनेक्टिभिटी रणनीतिकरुपमा पनि महत्वपूर्ण छ ।

यसलाई हामीले विशद्ध ‘फाइनान्सियल रेट अफ रिटर्न’ ९बनेपछि रेलबाट उठ्ने राजस्व० का आधारमा हेर्न हुँदैन । यो हाम्रो राष्ट्रियताको सवाल पनि हो, यो हाम्रो अन्तर्राष्ट्रिय ‘इन्टिग्रेसन’ पनि हो । सँगै, यसले ल्याउने आर्थिक लाभका पक्षहरु पनि जोडिन्छन् ।त्यसैले हामी रेलबाट उत्तरमा चीनतर्फ जोडिनुपर्छ ।

त्यसका लागि दुईवटा सवाल छन् । निर्माणका लागि वित्तीय स्रोतको जाहो र प्रविधि महत्वपूर्ण मुद्दा हुन् । वित्तीय स्रोत समस्याको विषय हैन, प्रविधि विषय महत्वपूर्ण हो ।

म प्राविधिक त हैन । म रेलको विज्ञ पनि हैन । तर, मैले जति पनि रेल्वे बुझेका प्राविधिहरुसँग कुराकानी गरेँ, उत्तरतर्फबाट रेल ल्याउन खर्चिलो छ, गाह्रो छ, तर सम्भव छ भन्नुहुन्छ । नेपालको जस्तै कठिन भूगोलमा चीनले छेन्दुबाट ल्यासासम्म जोड्ने रेल बनाइरहेको पनि छ । हाम्रोमा निर्माण गर्न अझ सहज नहोला । नेपालमा आउने रेल छेन्दुबाट आउनेभन्दा भूगोलका हिसावले अप्ठेरो त हैन, उचाइको फरक लगायतका कारण निकै असहज चाँहि छ । यो प्राविधिकरुपमा कति सम्भाव्य भनेर प्राविधिकले नै भनुन् । तर, यो कुनै नाफा(घाटाको भनेर हेर्ने परियोजना हैन । यो रेलमार्ग चाहिन्छ ।

यसको महत्व र औचित्यका आधारमा यसलाई पहिलो ९टप मस्ट० प्राथमिकतामा राख्नुपर्छ । यो नेपाललाई अन्य देशसँग जोड्ने र नेपालको अर्थतन्त्रलाई कायापलट गराउने परियोजना हो । यो हाम्रो पहिलो प्राथमिकतामा हुुनुपर्ने हो । अहिले किन सरकार पूर्व(पश्चिम रेलमार्गतिर किन गएको हो भनेर मैले भन्न सक्ने अवस्था रहेन ।

रणनीतिक महत्वका हिसाबले हेर्दा दक्षिण ९भारत०बाट नेपाल रेलले जोडिने कुरा व्यवसायिकरुपमा नै अर्थपूर्ण छ । त्यसले त कोलकत्तादेखि कै कार्गोलाई फेसिलेटेड गर्छ । हाम्रो ढुवानी खर्च घटाइदिन्छ र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइदिन्छ ।

उत्तरतिरबाट जोड्ने कुराको चाँहि रणनीतिक महत्व पनि छ र त्यसले हामीलाई बाहिरको संसारसँग नै जोड्छ । त्यसैले यी दुई रेलमार्गलाई सबैभन्दा बढी प्राथमितामा राखेर जानुपर्छ ।

यो योजना बनाउँदा नै ध्यान दिनुपर्ने विषय हो । यो राष्ट्रिय स्वार्थको कुरा हो । यो तपाईंको र मेरो सवाल हैन । यो सवालमा हामी विभाजित भयौं भने चीन लगानी लिएर नआउन पनि सक्छ ।

यो ठूलो परियोजना हो, चिनियाँहरुको सहभागिता हुन्छ । तर, ऊ विवादमा पर्छ भने किन आउँछ रु अहिले आएर यो रेलमार्ग हामीलाई चाहिन्छ कि चाँहिदैन रु भन्ने काम गर्नुहुँदैन । पूर्वअर्थमन्त्री भएका मान्छेले नै अनुदानमा बनाइदिए चाहिन्छ, ऋण लिएर बनाउनुहुँदैन भन्नुभयो । त्यसले त ‘अनुदान भनेको काम नलाग्ने परियोजनामा लगाए हुन्छ’ भन्ने अर्थ लाग्छ । मलाई यो तर्क उपयुक्त लागेन ।

त्यसैले चीनतर्फको रेलमार्गलाईर् प्राथमिकतामा राखेर हाम्रो क्षमताले सक्ने स्रोत जुटाउनुपर्छ । यस्तो परियोजनामा हामी सबै एक मत भएर जानुपर्छ । आफूले सक्ने स्रोत राखेर एक मत भएर सहयोग माग्दा चीनबाट जुनसुकैखालका सहयोग पनि हामीले पाउँछौं ।

पहिलो सहयोग भनेको त हाम्रो आफ्नै क्षमतामा बनाउने कुरा हो । दोस्रो, प्रविधि लिने कुरा हो । तेस्रो निर्माणको पक्ष हो । निर्माण ठूलो कुरा हैन, प्रविधि लिने र क्षमता विकास गर्ने कुरा ठूला हुन् ।

हामीले विगतमा केही मान्छेलाई चीनमा रेलबारे पढ्न पठाएका थियौं । तर, फर्किएर आएका इञ्जिनियर रेल विभागमा छैनन् । अन्यत्र काम गरिरहेका छन् । रेल विभाग दक्ष जनशक्ति छैन भनिरहेको छ । तालिम लिएर आएकाहरुलाई रेलमै ल्याउनुपर्छ ।

त्योभन्दा ठूलो कुरा, एक(दुईजनालाई मात्रै रेल्वे इञ्जिनियरिङ सिकाएर हुँदैन । संख्या ठूलो बनाउनुपर्छ । रेल भनेको मेकानिकल कुरा मात्रै हैन, अरु धेरै पक्ष यसमा जोडिन्छन् । ५० जना जति इन्जिनियरको दरबन्दी सिर्जना गरी भर्ना सकेर उहाँहरुलाई पढ्न चीनमा पठाउँदा हुन्छ । उदार ढंगले राखियो भने चीनले त्यो सहयोग गर्छ । त्यसैले हो हाम्रो क्षमता विकास हुने र प्रविधि हस्तातरण हुने ।

पछि हामीले नै आफ्नो रेल्वे धान सक्छौं । रेल्वेको सञ्चालन र मर्मतदेखि अन्य धेरै पक्षमा हाम्रो पनि विज्ञता बढ्छ । अहिले चीनले ल्हासाबाट छेन्दुसम्म बनाइरहेको रेल्वे परियोजनामा काम नै गर्ने गरी पठाउँदा हुन्छ ।

रेल्वेमा हामीले क्षमता विकास गर्ने पक्षमा ध्यान दिनैपर्छ । जानकारी नभएको विषयमा राजनीतिज्ञले भने भनेर हावाका भरमा रेल विभाग र त्यहाँ कार्यरत इन्जिनियरले सल्लाह नदिनुहोला । नेताहरुले जे सुन्न चाहानुभएको छ, त्यही सल्लाह दिने हैन, सही सल्लाह दिने र त्यसैअनुसार काम गर्ने हो ।

रेल विभागमा रहनुभएका इन्जिनियर लगायतका साथीहरुले पेशागतरुपमा जिम्मेवार भएर काम गर्नुपर्छ । अरुलाई बाटो देखाउनुपर्छ । आउने पुस्ताले पनि सम्झिने गरी काम गर्नुपर्छ । दुई वर्षपछि गाली खानुपर्ने गरी काम नगर्नुहोला ।

अन्तिममा पनि भनेँ, उत्तरसँगको कनेक्सनचाँहि हाम्रो सबैभन्दा बढी प्राथमिकतामा रहनुपर्छ । यो यात्रु बोकेर र उसैबाट भाडा उठाएर मात्रै खानले रेल्वे हैन । यसले हाम्रो अर्थतन्त्रका जोखिमहरुलाई घटाउँछ, बाहिरी संसारसँग जोडेर आर्थिक सम्भावनाका ढोका खुल्छ । हामीले सबैभन्दा पहिला बाहिरी संसारसँग हामीलाई अलग्याउने गरी बन्द रहेको गेटवे खोल्नुपर्छ ।

(नेपाल इन्जिनियर्स एसोसियसनले आयोजना गरेको वेबिनारमा पूर्वमुख्यसचिव एवं पूर्वराजदूत पौडेलद्वारा व्यक्त विचारको सम्पादित अंश)

१४ भदौ २०७७, आइतवार ०८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु