कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रधानमन्त्रीलाई पत्र

मन्त्रीपरिषदको बैठक बसी नसक्दा नै बैठकद्वारा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्त भैसकेको भन्ने भ्रमपूर्ण समाचार केही वेबसाइटहरु र केही अमुक ब्यक्तिहरुको फेसबुक वालहरुमा आउनु, त्यसपछि सारा नेपालीहरुले सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो दिइरहँदा उर्जा मन्त्रीले नै प्रस्ताव लगेको छैन भन्ने समाचार फेरि आउनु के हो ?  हामीलाई थाहा भएन ।

तर, कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्ति भन्ने समाचार हाल असत्य साबित भएता पनि सत्य कुरा के हो भने कुलमान घिसिङलाई अधिकांश नेपालीहरुले पुनः नियुक्त होस् भन्ने ब्याकुल ईच्छा मन मनमा भएको कुरा सत्य सावित भएको छ ।

उहाँलाई बधाई प्रायः सबै देश बिदेशमा रहनुहुने नेपालीहरुले दिएका छन्, त्यो उधारो नै किन नहोस् । सबैको अनुमान के छ भने यस्तो हुनुमा खालका खेलहरु भैरहेका छन् ।अदृश्यात्मक विभिन्न 

पक्कै पनि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणकै प्रमुखमा मात्रै सीमित हुने व्यक्ति त होइन । उहाँ जस्तो देशभक्त सोंच भएको इमान्दार योग्य ब्यक्तिलाई नेपाल सरकारले त्योभन्दा ठूलो जिम्मेवारी भएको अन्य ठाउँमा पनि नियुक्त गर्न सक्छन ।

उहाँ जतिको ईमान्दार, कर्मठ, निष्ठावान ब्यक्तिलाई काम गर्ने ईच्छा र जाँगर हुँदासम्म नेपाल सरकारले कुनै पनि महत्त्वपूर्ण ठाउँमा उहाँलाई अवसर दिँदा धेरै राम्रो ।

फेरि उहाँले नेपाल विद्युत प्राधिकरणकै प्रमुखमा पुनः जिम्मेवारी बहन गर्ने ईच्छा प्रकट गरे र देखाए भने नेपाल सरकारले उहाँलाई पुरस्कार स्वरुप उक्त जिम्मेवारी दिँदा अझ सुनमा सुगन्ध हुन्छ ।

तर, यहाँ त प्रस्ताव लग्यो भनेर भन्ने, समाचार लेख्ने, लेखाउन लगाउने जस्तो पनि देख्यो, अमुक नेता र अमुक मन्त्रीको दबाबमा पुनः नियुक्त भनेर भन्ने पनि देखेँ, प्रधानमन्त्रीले मानेकै थिएन भन्ने पनि देखेँ, प्रधानमन्त्रीले मानिसक्यो फेरि सम्बन्धित उर्जामन्त्रीले प्रस्ताव नै छैन भन्ने पनि देखियो

सारा नेपाली जनताले उधारो बधाईको ओईरो लगाउने, अन्ततः नेपाल सरकारले नियुक्त गर्दा अमुक मन्त्री र अमुक नेता मात्रै जनताको हिरो बन्ने नियुक्ति नगर्दा सारा नेपाली जनताको नजरमा नेपाल सरकार अलोकप्रिय बन्दै र बनाउँदै जाने अनि सारा नेपाली जनतालाई कार्टुन बनाउँदै अत्यन्तै घिनलाग्दो खेल एक दुईजना दलाल, कमिशनखोर, जलमाफिया, विद्युतमाफिया आदिहरुको नै खेलेको जस्तो देखियो ।

त्यसैले प्रधानमन्त्रीज्यू, यदि उहाँ (कुलमान घिसिङ) ले फेरि ईच्छा देखाउँदा नेपाल विद्युत प्राधिकरणको प्रमुखको जिम्मेवारी उहाँलाई नै दिँदा धेरै राम्रो । दिनुपर्छ ।

भन्ने राय, सल्लाह मुनासिफ लागेर एउटा सामान्य जनता र नेकपाको कार्यकर्ताको हैसियतले यो पत्र मार्फत राय, सल्लाह पेश गरेँ । आगे हजुरहरुको मर्जी । धन्यवाद ।

बोधार्थः
माननीय उर्जामन्त्रीज्यू
सिंहदरबार, काठमाडौं, नेपाल ।

सरोज मोहन लामा

 

 

 

 

१० भदौ २०७७, बुधवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु