कक्षा १२ को परीक्षा असोज दोस्रो साता गर्ने सरकारको तयारी
सरकारले कक्षा १२ को परीक्षा असोजको दोस्रो सातासम्म गर्ने तयारी गरेको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले भने, ‘कक्षा १२ को परीक्षाको बिषयमा असोज दोस्रो सातासम्म गर्न सकिने सम्भावनाका बिषयमा राष्ट्रिय परीक्षा बोडले मन्त्रालयको धारणा माग गरेको छ ।
यसमा हामी सकरात्मक ढङगले छलफल गरिरहेका छौं।’
यो जानकारी शिक्षामन्त्री पोख्रेलले शुक्रबार बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा दिएका हुन ।
२३ साउन २०७७, शुक्रवार १४:३३ बजे प्रकाशित





