नमस्ते एकेडेमीको शैक्षिक निर्देशकमा ब्रिटिस शिक्षाबिद् डा. मार्क बार्थोलोमेउ नियुक्त

रुपन्देहीको तिलोत्तमा १४ मा रहेको नमस्ते एकेडेमीले नयाँ सोंच र दृष्टिकोणका साथ शैक्षिक सत्रको तयारी गरेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालित सो एकेडेमीले ब्रिटीश काउन्सिल र क्याब्रीज युनिभर्सिटीमा लामो समयसम्म आबद्धरहेका डा. मार्क बार्थोलोमेउलाई ब्रिटीस एक्याडेमीक डारेक्टरमा नियुक्त गरेको छ ।

संख्याभन्दा गुणस्तरमा जोड दिदै आएको एकेडेमीलाई नयाँ उचाइमा पुर्याउने र स्तरिय अंग्रेजी एवं नेपाली भाषा र संस्कृतीको बिकासमा जोड दिने ब्रिटीस एक्याडेमीक डारेक्टर डा. मार्क बार्थोलोमिउले  बताए ।

करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको नमस्ते एकेडेमीले नयाँ योजनाका साथ बिद्यार्थीको पठनपाठन गर्ने जनाएको छ ।

२६ जेठ २०७८, बुधवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु