पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने निर्णय

तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए ।

यसैगरी नगरपालिकाले पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोसाक दिने व्यवस्था समेत गरिएको छ ।

नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् ।

नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचाअनुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सो पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ ।

शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ ।

आगामी शैक्षिक सत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ ।

६ माघ २०७७, मंगलवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु