त्रिविको परीक्षा मंसिर तेस्रो साता
त्रिभुवन विश्वविद्यालय त्रिविले नोवेल कोरोना भाइरस का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।
सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए ।
परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्मा बताउँछन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिउका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
२५ असोज २०७७, आइतवार १७:२५ बजे प्रकाशित





