विवादास्पद छविका सुशील भट्ट लगानी बोर्डमा नियुक्त

मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
ुमन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो,ु ती मन्त्रीले भने ।
भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
१९ साउन २०७७, सोमवार २०:४० बजे प्रकाशित