थपिए १७०० भुकम्प पिडित

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३८५ गुनासो सम्बोधनमार्फत १७०० पुनर्निर्माण लाभग्राही थपेको छ ।

मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले लाभग्राही थप्ने निर्णय गरेको हो । बैठकले ४८५ प्रवलीकरण लाभग्राही समेत थप्ने निर्णय गरेको हो । यससँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवम २०७६ बाट सङ्कलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार ३०१ को नतिजा सार्वजनिक गरिएको हो ।

नतिजाअनुसार १७ हजार १०६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणले जनाएको छ । बाँकी गुनासो चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

कार्यकारी समितिले ३५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ(आफ्नो स्थानीय तहमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ ।

आफू लाभग्राही भइ अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने प्रावधान छ ।

४ चैत २०७६, मंगलवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु