सुनको मूल्य पाँच सयले घट्यो
३१ असार, काठमाडौं। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य पाँच सयले घटेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ।
यसैगरी, आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज पाँच रुपैयाँले वृद्धि भएको चाँदीको मुल्य प्रतितोला एक हजार ३२० रुपैयाँ कायम भएको छ।
३१ असार २०७८, बिहीवार १३:१६ बजे प्रकाशित





