मन्त्री भट्टको विदेशी मदिरा मोह, नेपाली उत्पादन नबिकिरहेका बेला आयातलाई प्राथमिकता

चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नो निर्णय उल्ट्याएको छ।

त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको थियो। कोरोना संकटको कारणले अर्थतन्त्र तहसनहस हुनलागेकोले ब्यापार घाटा कम गराउन विलासी वस्तु प्रतिबन्ध लगाउनुपर्ने देखिएको बताइएको थियो।

नेपालमा खपत नहुने तेस्रो मुलकबाट आयात भएर भारत निकासी भैरहेको सुपारी, केराउ, मरिच, छोकोडा, ५० हजार डलरभन्दा बढि मूल्यका गाडी र मदिराको आयातमा त्यतिबेला सरकारले रोक लगाएको थियो।

अर्थतन्त्रमा समस्या पार्ने भनी यहि सरकारले ६ महिनाअघि प्रतिबन्ध लगाएकोमा अहिले झन् अर्थतन्त्र तहसनहस नै भैसकेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रस्तावमा सरकारले विदेशी मदिरा खुलाउने निर्णय गरेको छ।

सरकारले विदेशी मदिरालाई कुनै आवश्यकताका आधारमा आंशिक मात्रै खुलाएको नभई पूर्ण रुपमा नै खुल्ला गरेको छ।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आपूर्ति मन्त्रालयको प्रस्तावमा विदेशमा तयार गरिएका मदिरा खुल्ला गर्ने र त्यसको लागि राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको हो।

यो अवस्थामा विदेशी मदिरा आयात फुकुवा गर्नुलाई नेपाली उत्पादकहरुले भने स्वदेशी उद्योगलाई संकटमा पार्ने सरकारको कदम भनेका छन्।

मदिरा उत्पादक संघका महासचिव गुरुप्रसाद अधिकारीले अहिले नेपाली बजारमा विदेशी मदिराको कुनै आवश्यकता नै नरहेको बताए।

उनले नेपाखबरसँग भने ‘पहिलो कुरा त अहिले मदिरा उपभोग र व्यवसाय नै ओरालो लागेको हुँदा नेपाली उद्योगमा नै माग आउन छोडेको छ,’ उनले भने, ‘जसले गर्दा नेपाली उद्योगीहरु मारमा छन्।’

त्यसैगरी विदेशी मुद्रा संचय गर्नको लागि पनि अहिले नेपालले विदेशी मदिरामा बन्देज लगाइएको उनको भनाइ छ। ‘अहिले के नयाँ परिस्थिति आयो र सरकारले खोल्योरु’ उनले प्रश्न गरे।

सरकारले सोचविचार नगरी यो अनुचित निर्णय गरेको उनको ठहर छ।

वर्षभरिमा सबैभन्दा बढि माग आउने भनेको दशैं तिहार र आसपासकै अवधिमा नै हो। तर यो वर्ष यतिबेलामा विगतका वर्षमा सबैभन्दा कम माग हुने असार साउनको जस्तै अवस्था छ। उद्योगहरु संचालन भएर पूर्ण क्षमतामा उत्पादन नै नरहेको उनको भनाइ छ।

मन्त्री भट्टले किन खुलाए विदेशी मदिरा ?

चैतमा बन्देज लगाएइएको वस्तुहरुमा धेरैजसो बस्तुको मन्त्री भट्टले आयात खुलाइसकेका छन्।

उनले केराउ, मरिच, सुपारीजस्ता वस्तुको आयात आंशिक खुल्ला गर्ने निर्णय गराइसकेका छन्।

योपटक उनले मदिरा पूर्णरुपमा खुलाउने निर्णय गराउन सफल भएका छन्। चैतमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको आग्रहमा देशलाई थप व्यापार घाटाबाट जोगाउने दृष्टिकोणका साथ यी वस्तुहरु छनोट गरी प्रतिबन्ध लगाउने निर्णय भएको थियो। त्यतिबेला यो अवधारणा खतिवडाको थियो भने प्रस्ताव मात्रै आपूर्ति मन्त्री भट्टले लगेका थिए।

 

२७ असोज २०७७, मंगलवार ०६:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु