कुलमानको पुनर्नियुक्ति हल्ला मात्र तर, जनमत उनैलाई दोहोर्र्याउनुपर्ने

मंगलबार साँझ सामाजिक संजाल तथा विभिन्न अनलाइन छापामाध्यममा नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङ्को पुनर्नियुक्ति भएको भन्दै आएका कुराहरु असत्य भएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकमा यो विषय एजेण्डामा समेत नरहेको बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।

उर्जामन्त्रालय स्रोतका अनुसार आजको मन्त्रिपरिषदको बैठकमा कसैकाबारेमा पनि सिफारिश समेत गएको छैन ।

उर्जामन्त्री वर्षमान पुनका अनुसार रिक्त हुदैँ गरेको पदका बारेमा आवेदन खुल्ला गरिएको छ ।

ति मध्यबाट मन्त्रिपरिषदमा सफिारिश भएर पठाउने प्रक्रियामै उर्जामन्त्रालय छ ।

दैनकि १८ घण्टासम्म लोडसेडिङ् भोग्ने गरेको नेपालमा घिसिङ्ले लोडसेडिङ्मुक्त बनाएका थिए ।

अहिले पनि उनैलाई दोहोर्र्याउनुपर्ने जनमत छ ।

९ भदौ २०७७, मंगलवार २०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु