विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ, लिंग छेदन गर्नुपर्ने माग

काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक पटक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले बन्धक बनाइ बलात्कार गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा लगेर बलात्कार गरेको खुल्न आएको छ ।

यो घटनापछि महिला अधिकारकर्मीहरुले ती शिक्षको लिंग छेदन गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२२ वैशाख २०७८, बुधवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु