बारामा प्रहरीले गोली चलायो, केही घाइते
बारामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । सो क्रममा प्रहरीले गोली चलाउँदा एक स्थानीय घाइते भएका छन् ।
सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर भएका छन् भने एकजना प्रहरी नायव निरीक्षकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।
१३ कात्तिक २०७७, बिहीवार ०६:५१ बजे प्रकाशित




