२ केजी पोलेन र १५० सेट नोफिनसहित ४ जना पक्राउ
२ केजी लागूऔषध (पोलेन) र नोफिन १५० सेटसहित ४ जना पक्राउ परेका छन् ।
उनीहरुलाई एपिएफ इन्टेलिजेन्स विशेष ब्युरोले ललितपुरको गोदावरी नगरपालिका १५ स्थित हात्तिवन चोकबाट नियन्त्रणमा लिएर एपिएफको टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।
पक्राउ पर्नेहरुमा धादिङ महादेवसीका ४ का मनिस मगर, मकवानपुर थाहा नपा १२ का सविन आले मगर, तनहुँका अजित कुमार श्रेष्ठ र चन्द्रागिरी काठमाडौंमा राज कुमार रोक्का रहेका छन् ।
उनीहरुको साथबाट एक थगान मोटरसाइकल र स्कुृटर पनि बरामद गरिएको छ ।
६ कात्तिक २०७७, बिहीवार ०८:३९ बजे प्रकाशित





