कैलाली घटनामा ट्वीस्ट : अर्का प्रहरी पनि मृत भेटिए

कैलालीमा गस्ती निस्किएका क्रममा तीन दिनदेखि हराइरहेका प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छन् ।
यसअघि उनीसँगै गस्तीमा गएका प्रहरी सहायक निरीक्षक ९असई० गोबिन्द बिकको शव मोहना नदीमा फेला परेको थियो ।
असई बिकको शवभन्दा २ सय मिटर पश्चिममा नदीमै जवान साउदको शव आज मंगलबार बिहान फेला परेको सूदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् ।
शनिबार राति मोटरसाइकलमा गस्ती गएका दुई जना सम्पर्कबिहिन भएपछि प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो ।
असईको शव आइतबार बिहानै फेला परे पनि जवान बेपत्ता थिए । उनीहरुको हत्या आशंकामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
४ कात्तिक २०७७, मंगलवार १४:३८ बजे प्रकाशित