श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमान पक्राउ

हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुर्य सुवेदीले जानकारी दिए ।

ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ । परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् ।

मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाएको महिलाले भनेकी छन् ।

पीडित महिलाका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कुटपिट र अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्ने डीएसपी सुवेदीले बताए ।

अहिले पीडित महिलालाई संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । महिलाका दुई वर्षका छोरी र ४ वर्षका छोरा छन् ।

१७ असोज २०७७, शनिवार १५:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु