बैतडीमा स्वास्थ्यकर्मीलाई कुटपिट

पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न जाँदै गरेका स्वास्थ्यकर्मीमाथि बैतडीमा कुटपिट भएको छ ।

सिगास गाउँपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र बल्लेखानमा कार्यरत अहेव एवं ल्याब टेक्निसियन भूपेन्द्र बोहरालाई सोमबार साँझ स्थानीय भानसिंह बोहराले कुटपिट गरेका हुन् ।

स्वाब संकलन गर्न वडा नं ५ को ढुंगाड जाँदै गर्दा भूमिराज आधारभूत विद्यालयनजिकै मदिरा सेवन गरेका युवकले कुटपिट गरेको बोहराले बताए ।

उनको हातखुट्टा र घाँटीमा चोट लागेको छ । ‘विद्यालयमा धेरै जना जम्मा भएका थिए, के रहेछ भनेर हेर्न जाँदा मादक पदार्थ सेवन गरेको युवकले एक्कासि कुटपिट गर्‍यो,’ उनले भने, ‘सुरुमा गाली गर्न थाल्यो, नगर्नुस् भन्दा हातपातमा उत्रियो ।’

बोहरालाई चौकीमा झिकाइसकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जोशीले बताए । अहेव बोहराले जाहेरी दिएपछि कारबाही थालिने उनले जानकारी दिए ।

२३ भदौ २०७७, मंगलवार १३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु