दर्दनाक यथार्थ : लकडाउन सुरु भएपछि मात्रै २४३ जनाको हत्या
घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ ।
जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो ।
पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ ।
केही प्रतिनिधिमुलक घटना
घटना नम्बर १ स्शनिबार साँझ चन्द्रागिरि नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षीय श्री तामाङले आफ्नै बाबुआमालाई चक्कु प्रहार गरे । मापसे गरेर छोराले हानेको चक्कुले ५३ वर्षीय बाबु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङ घाइते भए ।
चन्द्रगिरीमा बाबु–आमालाई चक्कु प्रहार, छोरा पक्राउ
श्री तामाङलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाइते दम्पत्ति उपचारपछि घर फर्केका छन् । दम्पत्तिको गर्दन र कानमा गहिरो चोट छ ।
घटनाको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार पारिवारिक विवादका कारण श्री तामाङले ‘मार्ने उद्देश्य’ले चक्कु हानेका थिए ।
घटना नम्बर २ स्धादिङको निलकण्ठ नगरपालिकास्थित खल्चेतमा १८ भदौमा अनौठो घटना भयो । ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर २६ वर्षीय राजु परियार जिल्ला प्रहरी कार्यालय पुगे । हत्यापछि उनले सोमबहादुरको टाउको समेत झोलामा हाले, अनि मध्यरात पैदल हिँडेर प्रहरी कार्यालय गए । उनले प्रहरीलाई भने, ‘मैले हत्या गरेँ, मलाई कारबाही गर्नुस् ।’
‘मैले हत्या गरेँ मलाई कारबाही गर्नुस्’
उनी अहिले धादिङ प्रहरीको हिरासतमा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबहादुरको हत्या ‘आवेग’का कारण भएको खुलेको छ । ‘सोमबहादुरले राजुको श्रीमतीको नाम जोडेर अश्लील कुरा गरेपछि हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने ।
घटना नम्बर ३ स्१७ भदौमा झापाको शिवसताक्षी नगरपालिका–१९ का गोमन सिंह मगरको हत्या भयो । घाँटी काटिएको अवस्थामा शव भेटिएपछि अनुसन्धान गर्दा गोमनको हत्या आफ्नै साथीले गरेको खुल्यो ।
मोटरसाइकल चलाइरहेको बेला पछाडिबाट छुराले हानेर साथीको हत्या
‘साथी मनकुमार लिम्बुले मोटरसाइकल हाँकिरहेको बेला पछाडिबाट छुरा हानेर गोमनको हत्या गरेको बताउँछन्,’ झापाका प्रहरी उपरीक्षक ९एसपी० कृष्ण कोइराला ।
आर्थिक लेनदेनको विवाद चुलिँदै जाँदा त्यसले हत्याको रुप लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
घटना नम्बर ४ स्खोटाङको जन्तेडाँडा गाउँपालिका–४ डम्बर्खुका ७६ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भयो । १९ भदौमा हत्या गरिएका उनीहरु दाजु–बहिनी हुन् ।
वीभत्स हत्या गरिएको अवस्थामा दाजुबहिनीको शव भेटियो
स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे, उनीहरुको हत्याको कारण खुल्न सकेको छैन । तर, उनीहरुसँग बहुमूल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।
घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले रातोपाटीलाई बताए ।
घटना नम्बर ५ स्काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजारमा ३५ वर्षीया रन्जना तिमल्सिना अधिकारीको हत्या भयो । १८ भदौमा उनको हत्या आरोपमा प्रहरीले जेठाजु सुदर्शन अधिकारीलाई नियन्त्रणमा लियो ।
घरायसी विवादमा बुहारीको हत्या, जेठाजु पक्राउ
आँगनमा भाडा माझिरहेको बेला सुदर्शन अधिकारीले रञ्जनालाई पछाडिबाट बन्चरोले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए ।
बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो । घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
घटना नम्बर ६ स्भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसी एकाएक बेपत्ता भइन् । परिवारले खोजतलास गरिपाउँ भन्दै प्रहरीलाई निवेदन दिए । अन्ततः केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित लेलेको जंगलमा भेटियो ।
उनको घाँटी थिचेर हत्या भएको आशंका गरिएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । हत्या आरोपमा प्रहरीले केसीको भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ । निर्मलले हत्या स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
उनीहरु तीन वर्षदेखि अफेयरमा थिए । निर्मलले हरेक कुरामा गीतालाई सहयोग गर्थे । मृतक केसीले निर्मललाई पैसा राख्न दिएकी थिइन् ।
‘राख्न दिएको पैसा मागेपछि विवाद भएको र विवादकै क्रममा हत्या भएको हुनसक्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । आर्थिक विवादमै केसीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
घटना नम्बर ७ स्२५ साउनमा गोंगबुस्थित गणेशस्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा दाङका कृष्णबहादुर बोहोराको शव भेटियो । बोहोराको शरीर र टाउको तथा खुट्टा अलग–अलग ठाउँमा फेला परेको थियो ।
२६ साउनमा बोहोराको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट कल्पना पौडेल मुडभरी पक्राउ परिन् । कल्पनाको छोरीलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।
गोंगबु विभत्स हत्याकाण्ड स् कुकुरले सुँघेर पत्ता लगाएको थियो अर्कै ठाउँमा भेटिएको टाउको र खुट्टा
कल्पनाले आफूलाई बारम्बार टर्चर दिइरहने र छोरीलाई समेत गिद्दे नजरले हेर्न थालेपछि बोहोराको हत्या गरेको बयान दिइन् । हत्या आरोपी कल्पना र उनकी छोरी मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायधीश विनोदकुमार पोखरेलको इजलासले भदौ १८ मा कल्पनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृहमा थुनामा राखिएको छ ।
कल्पना र बोहोराको चार बर्षअघि चिनजान भएको थियो । कोठामा गएका बेला छोरीमाथि गिद्दे नजरले हेरेको सहन नसकेपछि कल्पनाले आवेगमा कृष्णबहादुरको हत्या गरेकी थिइन् ।
०००००००
माथिका घटना प्रतिनिधिमुलक मात्र हुन् । केही महिना यता मुलुकका विभिन्न स्थानबाट हिंसाका यस्तै घटना बाहिरिएका छन् । यी प्रतिनिधिमुलक घटनाको विश्लेषण गर्ने हो भने सामान्य मनमुटाव, आर्थिक लेनदेन र अवैध
सम्बन्धको विवादजस्ता घटना हत्यामा पुगेर अन्त्य हुने गरेको छ । हत्यामा आफन्त तथा चिनजानका व्यक्तिहरुकै संलग्नता पाइन्छ ।
घर–परिवार र समाजमा आपराधिक प्रवृत्ति बढ्न थालेको बुझ्नका लागि यी घटनाहरु बलिया उदाहरण हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा बढ्दै जाँदा हत्याका घटनामा पनि बढोत्तरी हुन थालेको छ ।
लकडाउन तथा निषेधाज्ञाका कारण आयआर्जनका अवसरहरु गुम्दै गएका कारण मानिसमा आक्रोस र आवेग बढ्न थालेको त होइन भन्नेबारे अनुसन्धानको खाँचो रहेको विज्ञहरु बताउँछन् ।
मनोविद् वासु आचार्य सामाजिक परिवेश र आर्थिक अभावले आपराधिक घटनामा वृद्धि हुन पुगेको बताउँछन् । आफन्तबाटै हत्या हुनुमा भने समाज, मदिरा, मस्तिष्क र जिद्दीपन कारकका रुपमा रहेको उनको भनाइ छ ।
२२ भदौ २०७७, सोमवार ०६:१६ बजे प्रकाशित





