साँझ चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरालाई प्रहरीले पक्रियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि मादक पदार्थ सेवन गरेका छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले जानकारी दिएको छ।

शनिबार साँझ परेपछि घटना भएको र थप विवरण आउन बाँकी नै रहेको ड्युटीमा खटिएका एक प्रहरीले जानकारी दिए।

२० भदौ २०७७, शनिवार २३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु