रौतहटको गरुडामा स्थानीयले प्रहरी कुटे, ४ प्रहरी घाइते

रौतहट गरुडा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामलाई न्याय दिनुपर्ने माग राख्दै भएको विरोध प्रदर्शनका क्रममा झडप भएको छ।

विजयरामलाई प्रहरीले यातना दिएकै कारण मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेर स्थानीय विरोध प्रदर्शनमा उत्रिएका थिए।

इलाका प्रहरी कार्यालय गरुडा अगाडि झडप हुँदा ४ जना प्रहरी र दुई जना महिला घाइते भएका छन्।

आक्रोशित प्रदर्शनकारीहरुले गरुडास्थित प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि अश्रुग्यास समेत प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले  बताए।

‘आक्रोशित स्थानीयहरुले कार्यालयमा नै ढुंगामुढा गर्न थालेपछि भीड तितरवितर पार्न अश्रु ग्यास प्रहार गर्नु परेको हो’ डिएसपी श्रेष्ठले भने।

उनका अनुसार प्रदर्शनकारीहरुले प्रहार गरेको ढुंगामुढाबाट भीड नियन्त्रण गर्न खटिएका प्रहरी जवानहरु घाइते भएका हुन्। घाइते सबैको गरुडाको एक स्थानीय क्लिनिकमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको डिएसपी श्रेष्ठले बताए।

१८ भदौ २०७७, बिहीवार २३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु