लकडाउनमा प्रदेश २ मा बढ्यो वलत्कार, १६४ मुद्दा दर्ता (जिल्लागत विवरण )

कोरोना महामारीको कारण अहिले प्रदेश २ पछिल्लो ५ महिनादेखि बन्द अवस्थामा छ। प्रदेश बन्द भएपनि बलात्कार जस्तो घटनामा कुनै कमी आएको छैन्।

चैत ११ गतेदेखि भदौ १६ गतेसम्ममा यस प्रदेशमा १ सय ६४ वटा बलात्कारको घटना दर्ता भएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार यस ५ महिनाको अवधिमा १ सय ३७ वटा जवरजस्ती करणी र २७ वटा जवरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको छ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार यस निषेधाज्ञा र लकडाउनको अवधिमा समेत दैनिक एक महिला बलित्कृत हुँदै आएकी छिन्।

यस बन्दाबन्दीको समयमा सबैभन्दा बढी प्रदेश २ को सिरहा जिल्लामा महिला बलित्कृत भएकी छिन्।

त्यस्तै सर्लाहीमा २३ वटा बलात्कारको घटना दर्ता भएको छ जसमा ६ जनाको बलात्कार पश्चात हत्या गरिएको छ । त्यस्तै सप्तरीमा १९, धनुषामा १८, महोत्तरीमा २०, रौतहटमा १८, बारा र पर्सामा १७÷१७ वटा बलात्कारका घटनाहरु भएका छन् ।

प्रदेश २ मा बलात्कार जस्ता जघण्य अपराधलाई समेत पैसा खर्चेर जनप्रतिनिधिकै संलग्नतामा मिलाउने प्रयास भई रहेको समेत पाइएको छ।

यता प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी धिरज प्रताप सिंहले यस्ता घटनामा संलग्न जो कोही भएपनि उन्मुक्ति नदिने बताए।

यस प्रदेशमा गत आर्थिक वर्षमा समेत ३ सय ८१ वटा बलात्कारको घटना दर्ता भएको थियो।

जवरजस्ती करणीको २ सय ८५ वटा र जवरजस्ती करणी उद्योगको ९६ वटा घटना दर्ता भएको थियो।

१८ भदौ २०७७, बिहीवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु