ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

१८ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘ म समेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखा पूर्णलकडाउनको अवस्था छ ।’

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ ।

३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

१८ साउन २०७७, आइतवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु