महामन्त्री सिटौला र ठाकुरबीच के सहमति भयो ?

Mahanta_Thakurभक्तपुर, २६ मङ्सिर । नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी मोर्चाका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार ठाकुर निवास सानोठिमीमा भेटवार्ता भएको छ ।

भेटमा नेपाली काँग्रेसले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव पारित गर्ने र तराईमा जारी आन्दोलनलाई सम्बोधन एवम् नाकाबन्दी खोल्नेबारेमा छलफल भएको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।

महामन्त्री सिटौला र अध्यक्ष ठाकुरबीच करिब एक घन्टा समसामयिक विषयमा छलफल भएको थियो ।

२५ मंसिर २०७२, शुक्रवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु