५ प्रहरीसहित मकवानपुरमा २३ जना कोरोना संक्रमण पुष्टि
मकवानपुरमा ५ जना प्रहरी कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिए ।
उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ घर भई हेटौंडास्थित एक सहकारी संस्थामा कार्यरत एकजना महिला कर्मचारी र बिराटनगर घर भई हेटौंडामा बस्दै आएका एकजनामा संक्रमण पुष्टि भएको हो ।
२५ साउन २०७७, आइतवार १७:४१ बजे प्रकाशित
 
						 



