इनफ इज इनफका अभियन्ता ईः ले तोडे अनशन
‘इनफ इज इनफका अभियन्ता ईः ले अनशन तोडेका छन् ।
कोरोनाको सबल व्यवस्थापनको माग सम्बोधन हुने भएपछि आमरण अनशन बसेका ईःले अनशन तोडेका हुन् ।
उनी मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालय र इनफ इज इनफका प्रतिनिधिबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अनशनको १७ औं दिनमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनले अस्पतालबाट नै सत्याग्रहलाई निरन्तरता दिएका थिए ।
२५ साउन २०७७, आइतवार ०९:५२ बजे प्रकाशित
						 



