नेपालमा राजनितिक पुजीवाँद हावी भयो : कृष्णबहादुर महरा

पुर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले नेपालमा राजनितिक पुजीवाँद हावी भएको बताएका छन् ।

शनिबार दाङको घोराहीमा आयोजित स्वर्गीय लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण समारोहमा बोल्दै महराले नेपालमा राजनितिक पुजीवाँदको हावी भएको उल्लेख गरे ।

राजनितिक पुजीवाँदले विकृत संस्कृतिको स्थापना गरेको उनको भनाइ छ ।

प्रगतिशील साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको कसैले अपमान गरे परिवर्तनकै अपमान हुने पनि महराले बताए ।

कार्यक्रममा प्रेस संगठनले स्थापना गरेको कृष्णसेन पत्रकारीता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक एवं प्रकाशक शरद अधिकारी, पत्रकार महासंघले स्थापना गरेको पुरस्कारबाट पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केपी मसाल, लोककुमारी पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रतिभा पुरस्कारबाट लक्ष्मण विश्वकर्मा, शान्तकुमार बुढा मगर र अमृता भुषालाई प्रदान गरिएको थियो ।

पुरस्कृत व्यतित्वलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

२४ साउन २०७७, शनिवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु