केरलामा १९० जना यात्रु विमान दुर्घटना हुँदा २० को मृत्यु , विमान दुई टुक्रा

नयाँ दिल्लीस् भारतको केरलामा एयर इन्डियाको विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना हुँदा दुई पाइलटसहित २० को मृत्यु भएको हो।

बोइङ ७३७ जेट विमान दुबईबाट कोरोनाका कारण त्यहाँ फसेका नागरिकलाई लिएर फर्किएको थियो।

विमानमा १७४ वयस्क, १० जना नाबालक तथा २ पाइलट रहेका थिए। त्यस्तै ४ जना अन्य चालक दलका सदस्य रहेको बताइएको छ। विमानमा अधिकांश युएईमा जागिर गुमेका सवार रहेको बताइएको छ।

शुक्रबार बेलुकी करिब ७: ४० बजे विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नागरिक उड्ययन प्राधिकरण प्रमुख अरुण कुमारका अनुसार विमान तीव्र गतिमा अवतरण गर्दा दुर्घटना हुन पुगेको हो। ‘बढी तीव्र गतिमा अवतरण ग¥यो’, उनले भने, ‘अनि तल उपत्यकामा खस्यो।’

विमान दुई टुक्रा भएको थियो। तर आगलागी भने नभएको प्रमुख अरुण कुमार जानकारी दिएका छन्।

२४ साउन २०७७, शनिवार ०७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु