वलत्कारको आरोपमा गोरखा पालुङटारका वडाअध्यक्ष पक्राउ
बलात्कार आरोपमा गोरखा पालुङटारका वडाअध्यक्ष पक्राउ परेका छन् ।
प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको हो ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।
एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।
रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
१९ साउन २०७७, सोमवार २०:५७ बजे प्रकाशित





