५ हजारले लियो ईश्वर बस्नेतको ज्यान

साउन १६ गते दाङको घोरहीबाट घर आउँदै गरेका रोल्पाको रुन्टीगढि गाउँपालिका–६ सालवाङका ५६ वर्षीय गोठे बुढा लुटिए । गोठे बुढा साँझको ६ः३० बजेको समयमा रुन्टीगढि गाउँपालिका–६ भन्ज्याङ खोलामा लुटिएका हुन् ।

गोठे बुढालाई चिनेकै स्थानीय ईश्वर बस्नेतले लुटर भागेका थिए । २४ वर्षीय ईश्वरले गोठे बुढाको ५ हजार रुपैयाँ नगद हातमा लगाएको घडी लुटेको प्रहरीले जनाएको छ ।

गोठे बुढालाई लुटपाट गरेका उनै ईश्वरको १७ गते बिहान १० बजेको मृत्यु भएको छ । ५ हजार र घडी लुटपाट गर्दा ईश्वर बस्नेतले ज्यान गुमाउनुपरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर शंकर खड्काले बताए ।

१४ जनाको समूहको कुटपिटपछि बस्नेतको ज्यान गएको खड्काको भनाइ छ । बस्नेतको हत्यामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटिएपछि गाउँलेलाई खबर गरे गोठे बुढाले

आफू लुटिएपछि गोठे बुढाले स्थानीयलाई खबर गरे । बुढाले स्थानीयलाई सबै घटना बताएपछि १४ जना शनिबार राति १ बजे बस्नेतको घर गए । स्थानीय आएको थहा पाएलगत्तै ईश्वर भाग्नको लागि झ्यालबाट हाम फाले ।

सोही क्रममा उनी घाइते भए । घाइते अवस्थामा रहेका ईश्वरलाई झनै स्थानीय ९१४ जनाको समूह० ले कुटपिट गरे । अवस्था गम्भीर भएपछि तत्कालै ईश्वरलाई स्वास्थ्य चौकी डुबृङ लगियो ।

त्यहाँ उपचार सम्भव नहुने देखिएपछि दाङ लग्दै गर्दै ईश्वरको भन्ज्याङ खोलामा मृत्यु भएको प्रवक्ता खड्काले बताए । ईश्वरको मृत्यु भएको खबर शनिबार बिहान १० बजे पाएको र खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको खड्काले बताए ।

प्रहरीले घटनाबारे थाहा पाएलगत्तै घटनामा संलग्न ६ जनालाई सुरुमा नियन्त्रणमा लिएको थियो । फरार ८ जना शनिबार ४ बजेको समयमा भन्ज्याङ खोलामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको उनले बताए ।

पक्राउ पर्नेहरुको नामावली रुन्टीगढि गाउँपालिका–६ सालवाङका स्थानीय हुन् सबै ।

१७ साउन २०७७, शनिवार २२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु