पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
१७ साउन २०७७, शनिवार ०८:५४ बजे प्रकाशित












