कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या ३ पुग्यो

१६ साउन, कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका(८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका(८ का ३ जना बेपत्ता भएका थिए ।

यसअघि बिहीबार भजनी नगरपालिका(८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो ।

‘केहि बेरअघि चन्द्र विकको पनि शव फेला पर्‍यो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

१७ साउन २०७७, शनिवार ०७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु