नेकपाले बोलायो सचिवालय समिति बैठक

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय समितिको बैठक साउन ३ गतेका लागि बोलाइएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।

शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको ती नेताको भनाइ छ ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।

२ साउन २०७७, शुक्रवार ०८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु