नेपालको कूटनैतिक पहल र आग्रह भारतले टेरेन : परराष्ट्रमन्त्री ज्ञवाली
४ साउन, गुल्मी । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सिमा विवाद समाधानको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई–दुई पटक कूटनैतिक पहल र आग्रह गरे पनि भारतले नटेरेको आरोप लगाएका छन् ।
गुल्मीमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि पीसीआर मेसिन तम्घासमा हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन, बरु सडक बिस्तार भयो ।
भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको पनि उनले बताएका छन् ।
राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता गरी नयाँ नक्सा जारी गरेको बताउँदै उनले अब पनि सबै दल र जनताको सहयोगमा कुटनीतिक पहलमार्फत् नक्सामा कायम भएको भूभाग फर्काउन प्रयत्न गर्ने बताए ।
अर्को प्रसंगमा मन्त्री ज्ञवालीले पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए । उनले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए ।
मन्त्री ज्ञवालीले कोरोनाको महामारी र छिमेकको समस्या समाधानको पहलको सट्टा आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए ।
‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,’ उनले भने, ‘आग्रह र उत्तेजनामा आएर, एकताको जगमा प्रहार गरेर भत्काउन पाइँदैन ।
४ साउन २०७७, आइतवार ०३:५० बजे प्रकाशित













