प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
१० असार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्षद्धयले आफ्नो भनाई राखेका थिए ।
भनाई राख्ने क्रममा प्रचण्डले सरकारको नेतृत्व आधा आधा समयावधी दुई अध्यक्षले गर्ने भद्र सहमतिलाई राष्ट्रको एकता, सरकारको स्थायित्व र पार्टीको भविष्यको लागि आफूले त्याग गरि ओलीलाई नै पूर्ण समयावधिसम्म सरकारको नेतृत्व गर्न दिएको बताए । सो भद्र सहमति २०७५ जेष्ठ २ गते भएको थियो ।
हाल सरकारले अपेक्षाकृत कुनै पनि क्षेत्रमा राम्रो नतिजा देखाउन नसकेको, ओलीको एकलौटी सरकार संचालन गर्ने ढंग र सरकारका विरुद्ध उठेका नागरिकका आवाजले समग्रमा सरकार असफल भएको र यसले दुई तिहाई बहुमत हासिल गरेको पार्टीको छविमा गम्भीर धक्का पुगेको बताए ।
प्रचण्डले ओली सरकारको असफलताको नतिजा पार्टीले बेर्होनुपर्ने औल्याउँदै घुमाउरो पाराले ओलीको राजिनामा मागेका छन् ।
११ असार २०७७, बिहीवार ०२:२३ बजे प्रकाशित













