प्युठान टिकुरी क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श सेवा

प्युठान । प्युठानको टिकुरीमा क्वारेन्टिनमा बसेकालाई मनोपरामर्श सेवा दिन थालिएको छ ।

क्वारेन्टिनमा बसेकाहरुलाई मनोपरामर्श सम्बन्धि सेवा उपलब्ध गराईएको प्युठान नगरपालिका वडा नं ७ का वडाध्यक्ष नेत्र केसीले बताए ।

लकडाउनका समयमा ‘भर्चुअल मिटिङ’ मार्फत मनोपरामर्श सम्बन्धि सचेतना दिइएको हो ।

प्युठान नगरपालिका वडा नं ७ मा क्वारेन्टिनमा बसेकाहरुमा तनाव न्युनिकरणका लागि मनोपरामर्श दिईएको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए ।

प्रावि टाकुराचौरमा रहेका २ महिला सहित सबै २८ जनालाई सहभागी गराई विहिवार पहिलो चरणमा २ घण्टा परामर्श सेवा उपलब्ध गराईएको सचिव बर्माले बताए ।

मनोपरामर्श विज्ञ शान्ति पण्डितले उपलब्ध गराएको परामर्श सेवामा तनाव ब्यवस्थापन विषयमा अपनाउनुपर्ने गतिविधि, व्यायामहरु तथा खानपिनका विषयमा जानकारी गराईएको थियो । यस्ता कार्यक्रमको उपलब्धि तत्काल तथा दीर्घकालसम्म दिने विज्ञ पण्डितले वताईन ।

३० जेठ २०७७, शुक्रवार ०१:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु