कर्णालीमा कोरोना संक्रमित संख्या ७०८ पुग्यो

कर्णालीमा ३७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट ३७ जनामा कोरोना पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं। १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका (४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका(१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।


त्यस्तै जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका(१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ ।

२८ जेठ २०७७, बुधवार १०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु