एका बिहानै कैलालीमा कारले ठक्कर दिँदा २ जनाको मृत्यु
कैलाली । कैलालीमा कारको ठक्करबाट दुई जनाको ज्यान भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका-१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ का ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका १० का ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाण्डौको बीएनबी अस्पताल पठाइएको छ ।
ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका १ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।
२८ जेठ २०७७, बुधवार ०२:१८ बजे प्रकाशित





